Holi care school

राष्ट्रिय युवासंघ नेपाल बर्दघाट नगरकमिटीद्धारा फूड बैंक सञ्चालन

34

बर्दघाट,भदौं–१७
लकडाउन अर्थात बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बर्गहरुलाई लक्षित गरि राष्ट्रिय युवासंघ नेपाल बर्दघाट नगरकमिटीले बुधबार देखि बर्दघाट चोकमा फूड बैंक संचालन गरेको छ ।  हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने मुल नारा सहित संचालित उक्तफूड बैंकमा राहात स्वरुप दाल, तेल, नुन, हरियो तरकारी, चिउरा, सोयाबिन लगाउतका खाद्यय सामाग्रिहरु परिवार संख्या हेरीकन प्रदान गरीएको थियो ।
राष्ट्रिय युवासंघ नेपाल बर्दघाट नगरकमिटी संयोजक राजेश तिवारीको संयोजकत्वमा नगर भित्रका युवाहरुको संक्रियतामा शुरुगरीएको पूmड बैंकमा दैनिकी मजदुर गरेर छाक टार्ने मजदुरहरुलाई नेपाली नागरीकताका आधारमा बितरण गरीएको संयोजक तिवारीले बताउनु भयो । बुधबार मात्रै २ सय ५० जनाले सो बैंकबाट सेवा लिएको र सो बैंक दैनिक विहान ८ देखी १० र साँझ ३ देखी ६ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।