Sarawal sit lahar Notis

सरावल गाउँपालिकाअध्यक्ष सहितको टोली आयुर्वेदिक औषधि बोकेर संक्रमितको दैलोमा

0 53

उमेश बि.क

सरावल ,भाद्र १६
नवलपरासीको सरावल गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको छ । होम आइसोलेसनमा रहेका संक्रमित र तिनका परिवारलाई भेट्न सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल, आयुर्वेद शाखा प्रमुख सन्तोष कुमार कहार लगाएतको टोली होम आइसोलेसनमा पुगेका हुन ।
टोलि स्वास्थ्य सावधानीका उपायको जानकारी र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर गएका हुन । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको हो।
गाउपालिका अध्यक्ष सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको तथा तिनिहरुको अवस्था सामान्य रहेको पाइको छ । संक्रमितहरुलाई रोग प्रतिरोधत्मक क्षमता वृद्धि गर्ने च्यवनप्राश र अश्वगंधा चूर्ण तथा स्वास्थ सुरक्षा सामाग्रि हस्तान्तरण गरिएको हो ।
हालसम्म सरावल गाउँपालिका अन्तर्गत ९ जनाको कोरोना पोजेटिभि देखिएको हो जसमध्ये १ जना निको भएर घर फर्कि सकेका छन ।

Leave A Reply

Your email address will not be published.