kalika

नवलपरासीमा भदौ १० गते राती १२ बजेसम्म निषेधाज्ञा थपगरीयो ।

28

कृष्ण ढकाल
बर्दघाट,भदौ–६
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थपगरगरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारीभएको समयमा भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट नगर्न र नगराउनुहुन अनुरोध गरीएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लाका सरकारी कार्यालय एबं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गर्न निर्देशन गरीएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जारीगुर्न भएके सुचनामा उल्लेख गरीएको छ ।