Sarawal sit lahar Notis

नवलपरासी जिल्ला प्रहरीद्धारा बोलेरो जिप सहित अबैध मालसामान बरामद ।

0 15

उर्मिला यादव
साउन ३२
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शनिबार जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १२ लाख ५६ हजार ४ सय २० रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलिले सरावल गाउपालिका वडा नम्बर १ सरावल चोकबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार ९ सय मुल्य बराबरको २७ बोरामा अबैध युरिया मल बोकेको ग २ च ५००९ नम्बरको बोलेरो जिप अन्दाजी १० लाख मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरि शनिबार नै नेपालबाट भारत तर्फ अबैध रूपमा भन्सार छ्ली लैजादै गरेको प्रतापपुर गाउपालिका वडा नम्बर ५ भैरवपुरबाट अन्दाजी २५ हजार ६ सय मुल्य बराबरको १६ बोरामा ४ सय किलो हरियो केराउ साथै सरावल गाउपालिका ७ बुलन्दपुरबाट अन्दाजी २ लाख १० हजार मुल्य बराबरको ६० बोरामा ३ हजार किलो हरियो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १ हजार ९ सय २० मुल्य बराबरको ४० किलो चिनी बर्दघाट नगरपालिका ९ भुताहा स्थित उक्त मालसमान साइकलमा राखी लैजादै र ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि सामान फालि मानिस साइकल सहित भागेका थिए । बरामद भएका सबै सामान र बोलेरो जिपलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.