कृष्ण ढकाल
बर्दघाट, श्रावण–१४
नेपाल विद्युत प्राधिकरणको क्षेमता अपग्रेट गर्ने कार्यका लागि आज नेपाल विद्युत प्राधिकरण बर्दघाट सव स्टेसनले बर्दघाट क्षेत्रमा ६ घण्टा बढी लाईन काट्यो । तर पनि अझै क्षेमता अपग्रेट गर्ने कार्यभने नसकिएको नेपाल विद्युत प्राधिकरण बर्दघाट सव स्टेसनले गाऊले दर्पण अनलाईनलाई जानकारी दिएको छ । बर्दघाट सवस्टेशनमा १३२/११ के.भि. पावरको टान्सफर्मर(२२.५ एम.भि.ए.) को नयां टान्सफर्मर जडानगरी क्षमता अपग्रेट गर्नको लागि बर्दघाट सव स्टेसन वितरण केन्द्र अन्र्तगतका सम्पूर्ण फिडरहरु सटडाउन गरीएको नेपाल विद्युत प्राधिकरण बर्दघाट सव स्टेसनले जनाएको छ । बर्दघाट सव स्टेसनका अनुसार बुटवल ग्रीट महाशाखाले बर्दघाट वितरण केन्द्र अन्र्तगतका सम्पूर्ण फिडरहरु आज दिउसो ३ बजेवाट राती ९ः३० सम्म सटडाउन गरी क्षेमता अपग्रेट गर्ने कार्यमा लागेको थियो । तर अझैपनि उक्त क्षेमता अपग्रेट गर्ने कार्यभने नसकिएकाले पुनः फेरी यसरी नै सटडाउनगरी उक्तकार्य पुरा गर्ने जनाएको छ । क्षेमता अपग्रेट गर्ने कार्य नसक्दा सम्म बेला बेलामा लाईन गैरहने समस्या रहेकाले उक्त क्षेमता अपग्रेट गर्ने कार्य गर्न लागिएको प्राधिकरणले जनाएको छ ।