Bardaghat notish

लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको भर्चुअल कार्यक्रम सम्पन्न ।

लायन्स नवलपरासी दाउन्ने १० बजे राती ओरिन्टेसनमा ब्यस्त ।

182

बर्दघाट,असार–१९
लायन्स कल्ब अफ नवलपरासी दाउन्नेले बिहिवार भर्चुअल लायन्स ओरिन्टेसन एण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ । रामचन्द्र अधिकारीको अध्यक्षता रहेको उक्त भर्चुअल कार्यक्रममा लायन्स कल्ब इन्टरनेशनल ३२५ बि २ नेपाल का डिस्ट्रीक गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यता रहेको थियो । डि.के.ढुङानाले सहजिकरण गर्नु भएको भर्चुअल लायन्स ओरिन्टेसन एण्ड मोटिभेसनल कार्यक्रममा डिस्ट्रीक कोओर्डिनेटर श्याम बस्याल , डिस्ट्रीक चिफ बिष्णु पौडेल एरिया चिफ द्वय सन्दिप कसौधन,लायन दिपेन्द्र यादव, रिजनजोन चियर पर्सन युबराज डुम्रे, विभिन्न लायन्स अध्यक्ष , लियो कल्ब अध्यक्ष हरु,लायन्स दाउन्नेका पुर्व अध्यक्षहरुको समेत आतिथ्यता रहेको थियो । हिजो रातीको १० बजेको समयमा गरीएको उक्त भर्चुअल कार्यक्रममा स्वागत मन्तव्य तिलक खनालले गर्नु भएको थियो भने,धन्यवाद मन्तव्य युबराज डुम्रेले र कार्यक्रमको संचालन मनोज सुवेदी ले गर्नु भएको थियो ।
हामी “सेवा गर्छौ“ भन्ने मुल भाव बाट प्रेरित लायन्स क्लबमा बर्दघाट क्षेत्रका युबाहरु लाई लक्षित गरि लायन्स के हो? किन लायन्समा लाग्ने? यसमा लागेर के के प्राप्त गर्ने? यसले के काम गर्छ ? जिवनमा लायन्सको के महत्त्व छ ? लगायतका विषयमा डि.के.ढुङानाले ओरिन्टेसन एण्ड मोटिभेसनल गर्नु भएको थियो ।