Garamin sakos

बर्दघाट नगर भित्रका धार्मिक तथा पर्यटकीय स्थलको फोटो प्रतिस्पर्धा ।

बिबेक ज्ञवालीले पोष्ट गर्नुभएको तस्विरले यसपटक पहिलो स्थान पाउन सफल

123

बर्दघाट ,असार–१७
बर्दघाट नगरपालिका वार्ड १(१६ फेसबुक ग्रुपले गरेको बर्दघाट नगर भित्रका धार्मिक तथा पर्यटकीय स्थलको फोटो प्रतिस्पर्धामा बर्दघाट १० अमरदिप टोलको सिमसार क्षेत्रको फोटो यसपटक पहिलो स्थानमा पर्न सफल भएको छ ।
भुताहा निवासी बिबेक ज्ञवालीले पोष्ट गर्नुभएको उक्त तस्विरले यसपटक पहिलो स्थान पाउन सफल भएको हो । असार १ गते देखि १० गतेसम्म चलेको फोटो प्रतिस्पर्धामा ८ जनाले पोष्ट गरेका तस्विरहरु मध्येवाट बिबेक ज्ञवालीले पोष्ट गर्नुभएको तस्विरले यसपटक पहिलो स्थान पाउन सफल भएको हो ।
उत्कृष्ट हुन सफल प्रतिस्पर्धीलाई ई सेवामार्फत २ सय रिचार्ज, प्रमाणपत्र र बासको फुल सजाउन केस प्रदान गरिएको बताईएको छ । प्रतिस्पर्धाले बर्दघाट नगरपालिका भित्रका आन्तरिक तथा बाहिय पर्यटक क्षेत्रमा टेवा पुर्याउने प्रयास गरेको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम गर्दै जाने यसै ग्रुपका एड्मिन रोसन न्यौपानेले बताउनुभयो । नगर भित्र रहेका छरहरा रह, झलुङ्गे पुल, संस्कृति झल्कने घर, धार्मीक वृक्ष लगायतका स्थानहरुको फोटो समाबेस भएका थिए। प्रतिस्पर्धाको नतिजा लाईक, सेयर र एड्मिन प्यानलले गरेको फोटो बिश्लेषणको आधारमा गरिको रोसन न्यौपानेले जानकारी दिनुभयो। प्रतिस्पर्धाको प्रायोजक दियालो बेबी लेन्ड जिमिरेभार रहेको थियो।