बर्दघाट,असार–१६
केही दिन पहिले गठन भएको सयुंक्त दलित संघर्ष समिति पश्चिम नवलपरासीले पुर्णता पाएको छ । समितिका जिल्ला अध्यक्ष राजु प्रसाद हरिजनको अध्यक्षतामा सोमबार प्रतापपुरको गोपिगंन्जमा सम्पन्न जिल्ला भेलामा समितिले पुर्णता पाएको हो । यस अघि परासीमा सम्पन्न बैठकले सयुंक्त दलित संघर्ष समिति पश्चिम नवलपरासीको अधयक्षमा राजु प्रसाद हरिजनको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला समिति चयन गरेको थियो तर अध्यक्ष र सदस्य बाहेकको पद रिक्त रहेको थियो । सो रिक्त पदको पद पुर्तीका लागी सोमबार सम्पन्न भेलाले समितिको वरिष्ट उपाध्यक्षमा कर्ण बहादुर विक, उपाध्यक्षमा ज्ञानु सुनार, हरिन्द्र प्रसाद विक, सचिवमा नेम नरायन हरिजन, कोषाध्यक्षमा राम बचन पासी र सहसचिवमा राजु प्रसाद धोबीलाई सर्व सम्मत चयन गरेको छ । सम्पन्न भेलालाई सम्बोधन गर्दै सयुंक्त दलित संघर्ष समिति पश्चिम नवलपरासीको अधयक्षमा राजु प्रसाद हरिजनले यस गठित संघर्ष समितिलाई जिल्लामा मात्रै सिमति नराखि जिल्लाका सात वटै पालिकामा गठन प्रकृयालाई अगाडी बढाउदै वडा स्तर सम्म विस्तार गर्दै जाने बताउदै समाजको कुना काप्चामा दलित माथि भइरहेको हत्या, हिंसा, बलात्कार, दमन, शोषण जस्ता जघन्य अपराध गर्ने अपराधिलाई तह लगाउने र दलित समाजलाई उत्थान गरि सरकारले दलितलाई दिएको हक अधिकारको समुचित प्रयोगको पहुचमा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
अध्यक्ष हरिजनले सविंधानमा उल्लेति कतिपय हक अधिकारबाट दलित समुदाय अझै पछाडी परेको र अगाडी बढ्न चाहे पनि गैर दलितहरु हाबी भई दलितहरुलाई सदैव तल झार्ने काम गरिरहेको बताउदै यस्तो क्रियाकलापलाई देखेर यस समितिले बस्न नसिकने र त्यसको प्रतिकारको लागी हरेक अड्डा अदालत सम्म जान तयार रहेको बताउनुभयो । सो अवसरमा विभिन्न संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुधिजिवी, समाजसेवी लागएत सात वटै पालिका दलितहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन समितिका जिल्ला सचिव नेम नरायन हरिजनले गर्नुभएको थियो ।