Sarawal sit lahar Notis

पाल्हीनन्दनको सातौँ गाउँसभा सम्पन्न, कृषि र रोजगारी उच्च प्राथमिकतामा ।

0 25

परासी, ११ असार

पाल्हीनन्दन गाउँपालिकाको सातौँ गाउँसभा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै बुधबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता९दीपक०को अध्यक्षतामा भएको सभाले आगामी आर्थिक वर्षका लागि रु ४३ करोड ३७ लाखको बजेट पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड १९ को प्रभावलाई मध्यनजर गर्दै कृषि र रोजगारीको कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । रोजगारीका लागि उद्यमशिलता तथा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाईने गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । यसैगरी कृषिमा अनुदानमा पम्पसेट, मोटर लगायत औजार उपलब्ध गराउने लगायतका कार्यक्रम छन् ।

यसैगरी पाल्हीनन्दन गाउँपालिकाले अतिविपन्न तथा गरीब परिवारको पहिचान गरी परिचय पत्र वितरण गर्ने र उनीहरुको आर्थिकस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । अतिविपन्नलाई मासिक निर्वाह भत्ता दिने, ग्याँस, सिलिण्डर वितरण गर्ने लगायतका कार्यक्रम रहेका छन् । ६० वर्ष माथिका जेष्ठ नागरिकलाई अत्यावश्यक औषधी गाउँपालिकाले उपलब्ध गराउने नीति पनि लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताउनुभयो । गाउँपालिकाले सुत्केरी महिलालाई अस्पतालसम्म निःशुल्क पु¥याउने गरी एम्बुलेन्सको पनि व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा विद्यालयको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई विद्यालयको पहुँचमा पु¥याउने दुई वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने निर्णय समेत गरेको अधिकृत श्रीवास्तवले बताउनुभयो । सभामा उपाध्यक्ष पावित्री कोंहारले बजेट प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.