Holi care school

बर्दघाट १४ द्वारा टोल बिकास समितिलाई फलफुलका बिरुवा बितरण

36

मुक्ति तिवारी

बर्दघाट ,असार ९

बर्दघाट नगरपालिका वडा नम्बर १४ ले गैतमबुद्द आवास क्षेत्र टोल बिकास समितिलाई फलफुलका बिरुवा बितरण गरेको छ। बिरुवा बितरणका लागि गौतम बुद्द आवास क्षेत्र टोल बिकास समितिका अध्यक्ष भिमलाल अर्याललाई बिरुवा हस्तान्तरण गरिएको थियो। सो क्षेत्रमा एक घर दुई बिरुवाका दरले बितरण गर्ने उदेश्यले वडाले लिची र अमरपाली प्रजाजिका आँप गरि ६०० बिरुवा उपलब्ध गराईएको हो। दुई तीन बर्षमै फल लाग्ने खालका कलमी बिरुवाहरु बितरण गरिएको वडा सचिव टङ्कनाथ भन्डारिले जानकारी दिए। पर्याबरणिय सौन्दर्यताका लागि साथै बिषादि रहित फलफुल उत्पादनमा सबैलाई प्रेरित गर्नका निम्ति बिरुवा बितरण गरिएको वडा सदस्य बुद्धिमाया सुनार र मन्जु पाण्डेले बताए।