परासी, ८ असार
दैनिक जसो हुने पटक–पटकको विद्युत् आपूर्ति बन्दले पश्चिम नवलपरासीको परासी क्षेत्रका उपभोक्ता हैरानमा परेपछि उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले विद्युत प्राधिकरणलाई आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आज उपभोक्ता हित संरक्षण मञ्च का केनद्रीय सदस्य रामजी ज्ञवाली सहितको टोलीले नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको छ । प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख विजय महत्तोले मौसमका कारण विद्युत आपूर्तिमा समस्या भएको भनदै समस्याको समाधानका लागि आफुले पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । आफूहरु दिनरात नभनी विद्युत नियमित बनाउन लागि परेको उहाको भनाई थियो । गण्डक जल विद्युत केन्द्रबाट ३३ केभिए लाईन परासीसम्म ल्याउने क्रममा जनताबाट अवरोध भएकोले पनि लाईनको विकल्प दिन नसकेको उहांले बताउनुभयो ।
गर्मीको मौसममा छिन–छिनमा विद्युत कटौती हुंदा यो समस्याबाट हजारौं सेवाग्राही हैरानीमा परेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले जानकारी गराउनु भएको थियो । विद्युत कटौती बढ्न थालेपछि वैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, विद्युत, खानेपान्री, टेलिकम लगायतमा राजस्व तथा महशुल तिर्न घण्टौं लाईनमा उपभोक्ताहरु बस्नवाध्य भएको उहाले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले विद्युत पर्याप्त खपत गर्न सकिने भनेर जानकारी गराउने तर परासी वितरण केन्द्रबाट अनियमित रुपमा विद्युत कटौती गरेर गैरजिम्मेवार र जनतालाई दुःख दिने काम भईरहेको नागरिक समाज नवलपरासीका पूर्व अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदी, जिल्ला सचिव मोहन पौडेल, नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय लगायतको टोलीले नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रमा पुगेर विद्युतको समस्या तत्काल सुधार गरी नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन ध्यानाकर्षण गरेको थियो ।
