Bardaghat notish

नवलपरासीमा दुई समुहले छुट्टा छुट्टै ध्यानकार्षण पत्र बुझाए ।

184

बर्दघाट,असार–२
कोरोना महामारी विरुद्धको कार्यमा सरकारले गरेका कामकार्वाही प्रति असन्तुष्टि जनाउंदै सरकारलाई आज देशैभरवाट ध्यानार्कषण पत्र बुझाउने नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यक्रममा नवलपरासीमा दुई समुहले छुट्टा छुट्टै ध्यानकार्षण पत्र बुझाएका छन् । नवलपरासीको नेपाली कांग्रेसमा गुटबन्दी चलीरहेका वेला नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज देशैभरवाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने कार्यक्रम भएकाले जिल्लाका दुवै नेपाली कान्ग्रेसका समुहले आ–आफ्नो समुह वैधानिक रहेको भन्दै दाविका साथ दुई गुटले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।
पहिला केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेल पक्षधरका नेताहरुले र त्यस पछिा विक्रम खनाल पक्षधरका नेताहरुले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक समक्ष छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका थिए ।