Holi care school

वाल्मीकि माध्यामिक विद्यालय , बर्दघाट–१, पुनर्बासका प्रधानाध्यापक क्षेत्र बहादुर थापाद्धारा पदभार हस्तान्त्रण ।

31

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०
वाल्मीकि माध्यामिक विद्यालय , बर्दघाट–१, पुनर्बासका प्रधानाध्यापक क्षेत्र बहादुर थापाले आज एक विषेश उपस्थितीका विच आफ्नो पदभार हस्तान्त्रण गर्नु भएको छ । आफ्नो पेशावाट अनिवार्य शैक्षिक अवकाश हुनु भएका थापाले आफुले सम्हाल्दै आएको जिम्मेवारी आज जेष्ठताका आधरमा सहपाठी तारा बहादुर कुवंरलाई उक्त वाल्मीकि माध्यामिक विद्यालय , बर्दघाट–१, पुनर्बासको प्रधानाध्यापक पदको जिम्मेवारी प्रदान गर्नु भएको हो । सो अवसरमा विद्यालयका भू।पू। अध्यक्षहरु लगाएत विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक कर्मद्धचारीहरुको उपस्थिती रहेको थिया्े । सो अवसरमा आफुले अहिले सम्म गरेका कामहरु र अब गर्नु पर्ने कार्यका वारेमा उपस्थित सबैलाई जानकारी गराएर विद्यालयको पहिलो चरणको पञ्च वर्षे रणनिति अर्थात २०७२ साल देखि २०७६ साल सम्मको प्लान पुरा गरी आगामी पञ्च वर्षे अर्थात २०७७ देखि २०८१ सम्मका लागि आफुले तयार गरेको प्लान समेत हस्तान्त्रण गरेको आजवाट नै विदाई लिनु भएका प्रधानाध्यापक क्षेत्र बहादुर थापाले गाऊंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । अहिले वाल्मीकि माध्यामिक विद्यालय , बर्दघाट–१, पुनर्बासमा सह–प्रधानाध्यापकका रुपमा शेषनारायण साप्कोटा रहनु भएको भएपनि उहांले जिम्मेवारी लिन पाउने अक्तियारी रहेपनि जेष्ठताका आधरमा सहपाठी तारा बहादुर कुवंरलाई हस्तान्त्रण गरीएको थापाले बताउनु भयो ।

यसै विच आज नै वाल्मीकि माध्यामिक विद्यालय , बर्दघाट–१, पुनर्बासका प्रधानाध्यापक क्षेत्र बहादुर थापालाई विद्यालयका शिक्षक,कर्मचारीहरुले विदाई गर्नुका साथै प्रधानाध्यापक पदको जिम्मेवारी लिनु भएका शिक्षक तारा बहादुर कुवंरलाई स्वागत समेत गरेका छन् ।