Jilla Ban Notis

रामग्राम जेसीजद्धारा वृक्षारोपण ।

0 16

परासी, २३ जेठ

विश्व वातावरण दिवसको अवसरमा रामग्राम जेसीज परासीले आज आफ्नो सचिवालयमा वृक्षारोपण गरेको छ । रामग्राम जेसीजले आफ्ना सदस्यहरुलाई आ–आफ्नो पायक पर्ने क्षेत्रमा एक सदस्य एक विरुवा रोप्न आह्वान पनि गरेको छ । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै मास्क र सामाजिक दुरी कायम गर्दै रामग्राम जेसीज वर्ष २०२० का शाखा अध्यक्ष सन्दीप अग्रहरी,पूर्व अध्यक्ष पुरुषोत्तम ढकाल, महासचिव चन्द्रमणी चौधरी, पर्यटन निर्देशक मोहन पौडेलले जेसीज सचिवालय परासीमा आज विहान एक÷एक वटा विरुवा रोप्नुभएको हो ।

विश्व वातावरण दिवसको अवसरमा नेपाल जेसीजले सवै शाखा मार्फत एक सदस्य एक विरुवा रोप्न आग्रह गरेको थियो । वातावरण संरक्षणका साथै दीगो सुरक्षित भविष्यका लागि पनि जैविक विविधता संरक्षण आवश्यक रहेको जेसीजका शाखा अध्यक्ष अग्रहरीले बताउनुभयो । रामग्राम जेसीजले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न सचेतना तथा सहयोगका कार्यक्रम गर्दै आएको छ भने युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका साथै सामाजिक कार्यमा पनि अग्रसरता देखाउँदै आएको महासचिव चौधरीले बताउनुभयो ।

 

रामग्राम जेसीजद्धारा सदस्यहरुको निःशुल्क कोरोना बीमा

परासी, २३ जेठ

रामग्राम जेसीज परासीले आफ्ना सदस्यहरुको निःशुल्क कोरोना बीमा गराएको छ । कोभिड १९(कोरोना भाईरस) को संक्रमण विरुद्ध जेसीजले आफ्नो कार्य समितिका पदाधिकारी तथा निर्देशकहरुको कोरोना बीमा गराएको हो । कोरोना बीमा बापतको रकम रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दीप अग्रहरीले व्यहोरेको महासचिव चन्द्रमणी चौधरीले जानकारी दिनुभयो। संस्थाले प्रति व्यक्ति रु एक लाखको बीमा गराएको हो । सिद्धार्थ ईन्सोरेन्स कम्पनीमार्फत गरिएको उक्त बीमा कोरोना पुष्टि भएलगत्तै प्राप्त हुने जेसीजका अध्यक्ष सन्दीप अग्रहरीले बताउनुभयो । जेसीजका केही सदस्यहरुले पहिला नै बीमा गराईसकेकोले बाँकी रहेका सदस्यहरुको बीमा गराईएको उहाँले बताउनुभयो । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विरुद्ध आफ्ना सदस्यहरुको बीमा गरिएको शाखाले जनाएको छ । जेसीजका सदस्यहरुको संस्थागत रुपमा बीमा गरिएको पश्चिम नवलपरासीमा रामग्राम जेसीज पहिलो हो ।

Leave A Reply

Your email address will not be published.