Sarawal sit lahar Notis

खेलमैदान निर्माण गर्न खोज्दा सुस्ताका स्थानीय र बन कर्मचारी बिच विवाद ।

0 36

श्याम थापा

सुस्ता,जेष्ठ– २१

पश्चिम नवलपरासीको सुस्ता २ सत्तपतीमा निर्माण हुंदै गरेको खेलमैदान कार्य रोक्न जादा बनका कर्मचारी र स्थानीय बिच आज झडप भएको छ । प्रदेश न ५ सरकारको सशर्त अनुदानबाट करिब ३ बिगाहा जग्गाको क्षेत्रफलमा निर्माण हुंदै गरेको खेलमैदानको निर्माण कार्य रोक्नका लागि डिभिजन बन कार्यालय पश्चिम नवलपरासी र सब डिभिजन बन कार्यालय प्रतापपुर सुस्ताका कर्मचारीहरु निर्माण कार्य स्थलमा गइ कार्य रोक्न खोज्दा करिब ४ सयको हुलमा स्थानीय आई बिरोध गर्न लागेपछि बन कर्मचारी र स्थानीय बिच सामान्य भनाभन भएको सुस्ता २ का वडा सदस्य एवं स्थानीय कृष्ण पन्तले बताए । गत बर्ष पनि सो खेलमैदानको निर्माण कार्य गर्न खोज्दा बनका कर्मचारी र बनका सुरक्षाकर्मीहरु आई खेलमैदानको निर्माण गरिएको पर्खाल बनको क्षेत्रफल भित्र पर्ने भन्दै भत्काएको थियो र निर्माण कार्य बनले रोकेका थिए । एउटा सामुदायले तयार पारेको सामुदायिक बनको क्षेत्रफल भन्दा करिब १ सय मिटर दुरिमा खेलमैदान कार्य निर्माण गर्न खोज्दा सब डिभिजन बन कार्यलयका सहायक बन अधिकृत मनोज न्यौपानेको नेतृत्वमा आएको टोलिले बुधबारको दिन निर्माण भएको पर्खाल पुनः भत्काउन थालेपछि न्यौपाने र उनका सम्पुर्ण टोलिलाई नियन्त्रणमा स्थानीयले लिएको थियो ।
बनको कर्मचारी भयो भन्दैमा यो बनको एरियामा पर्छ भन्दै स्थानीय तह र समुदाय संग एक किसिमको छ्लफल नगरी एक्कासि बिकास निर्माणको कार्यलाई भत्काउने र बिगार्ने कार्य गरेपछि स्थानीय प्रतिकार उत्तरेको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए । सुस्ता २ का स्थानीयबासिले सहायक बन अधिकृत न्यौपानेलाई र उनका कर्मचारीहरुलाई नियन्त्रणमा लिएपछि भिडलाई सामान्य गर्न स्थानीय जनप्रतिनिधि,बनका कर्मचारी र स्थानीय बिच एक किसिमको लिखित सहमति भएको छ ।
लिखित सहमतिमा के भनिएको छ भने सुस्ता गाउँपालिकाको सुस्ता १ छिबनीमा निर्माण हुन लागेको खानेपानी आयोजना र गत बर्ष देखि अन्योलमा रहेको सुस्ता २ सत्पत्ती खेलमैदान आयोजनाको सम्पूर्ण बिकास निर्माण कार्यको बाधकको रूपमा बन कार्यालय कहिल्यै नबन्ने र बन कार्यालयले बिकास निर्माण कार्य नरोक्ने लिखित सहमति भएको छ । साथै सहायक बन अधिकृत न्यौपानेले आफुले समुदाय र स्थानीय तह संग समन्वय नगरी बिकास निर्माण कार्य अवरुद्ध गरेको आफ्नो गल्ती भएको उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.