Jilla Ban Notis

रुकुम घट्नाका पिडितलाई न्याय माग्दै बर्दघाटमा विरोध तथा खबरदारी सभा सम्पन्न् ।

0 32

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१८
अन्तरजातीय प्रेम सम्वन्ध र जातीय विभिद्का कारण रुकुम घट्ना भएको भन्दै त्यस घट्नाका पिडितहरुलाई न्यायको माग गर्दै नवलपरासीको बर्दघाट सोमवार विरोध प्रर्दशन सहित खवरदारी सभा सम्पन्न् भएको छ । बर्दघाट नगरको चिसापानी चोक देखि बर्दघाट बजार सम्म विभिन्न प्रकृतिका नारावाजीहरु गर्दै प्लेकार्ड सहित र्याली गरी पुनः चिसापानी चोकको चौरमा आएर खवरदारी सभा भएको थियो । संयुक्त दलित अधिकार मञ्च नवलपरासीको नेतृत्वमा भएको उक्त विरोध कार्यक्रममा विभिन्न पार्टीका नेताहरु देखि दलित अगुवाहरुले आफ्ना धारणहरु राखेका थिए । सुनचांदी ब्यवसायी संघ बर्दघाट नगर कमीटी,सुनौलो समाज नेपाल,बर्दघाट सुन चांदी कारीगढ समिति, विश्वकर्मा सेवा समाज,नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ,परियार एकता संस्था,नगर दलित समन्वय समिति र संयुक्त दलित अधिकार मञ्चको संयुक्त आयोजनामा भएको उक्त खवरदारी तथा विरोध कार्यक्रममा संयुक्त दलित अधिकार मञ्च नवलपरासीका अध्यक्ष गणेश विश्वकर्मा , दलित नेता राजु प्रसाद हरिजन, समाजसेवजीहरु रामानन्द यादव , यमबहादुर थापा,नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष रवि पाण्डे , सुनचाँदी ब्यवसायी संघका अध्यक्ष राजेन्द्र सुनार , बर्दघाट नगर दलित समन्वय समितिका अध्यक्ष गोविन्द विश्वककर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य मोहन विश्वकर्मा, बर्दघाट १ का वडाध्यक्ष मोतीलाल सुनार , दलित मुक्ति संगठनका बीर बहादुर विश्वकर्मा लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । दलितहरुले हरेक आन्दोलनमा खेलेको भुमिकाको चर्चा गर्दै राज्य र समाजले दलितहरु लाई हेर्ने दुष्टिकोण कागजमा पुरा गरेपनि ब्यवहारमा अझै कार्यन्वयन नगरेकै कारण रुकुम घट्ना घटेको भन्दै जातीय विभेदको अन्त्य हुन जरुर िरहेकोमा जोड दिएका थिए । त्यसैगरी उनीहरुले स्वतन्त्र छानविन समिति गठन गरेर दोषी उपर कडा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम संयुक्त दलित अधिकार मञ्च नवलपरासीका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता र दलित अगुवा तथा समाजसेवी कमल परियारको संचालनका सम्पन्न भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.