Bardaghat notish

कुखुराको खोरको छानाले च्यापीएर नवलपुरमा २ जनाको मृत्यु

171

नवलपुर,जेष्ठ –११
नवलपुरमा हावाहुरीको कारण २ जनाको मृत्युु भएको छ । आइतबार९ आज० साँझ अप्रत्यासित रुपले चलेको हावाहुरी र वर्षाको कारणले नवलपुरको गैँडाकोट ८ बस्ने अन्दाजी ३४÷३५ वर्षका काशीराम पौडेल र उनैको घरमा डेरा गरी बस्ने वर्ष ४० का सूर्यबहादुर भण्डारी को मृत्युु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ। उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। उनीहरुका छोरा वर्ष ९ का प्रतिक पौडेल र डेढ वर्षका सुमिन भण्डारी रहेका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ । हावाहुरीले खोर भत्काए पछि आफ्ना साना छोराहरुलाई उनीहरुले काखमा राखेर सुरक्षित गरेका थिए । घटना पछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा खोर पन्छाएर उनीहरुलाई उद्धार गरिएको थियो । खोरले च्यापेर ३ ओटा बाख्रा पनि मरेका छन् भने सयौँ कुखुरा मरेका छन् । करिब एक हजार कुखुरा रहेका सो खोर बाँसबाट बनाइएको थियो ।
@ साभार रेडियो दर्पण चोरमार