सहबान अन्सारी
प्रतापपुर ,जेष्ठ ११
नवलपरासीको प्रतापपुर गाउँपालिकाले संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढे पछि संचारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै प्रतापपुर गाउँपालिकामा क्रियाशिल संचारकर्मीहरुलाई आज स्वास्थ्य सामग्री एन(९५ माक्स, ह्यान्ड ग्लोप्स र सेनिटाईजर वितरण गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताउनु भयो । कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागी गाउँपालिकाले बिभिन्न किसीमको योजना संचालन गरेको साथै आउने दिनहरुमा संचारकर्मीहरुलाई थप सहयोग गर्ने शर्माले बताउनु भयो । कोविड १९ कोरोना महामारीको समयमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी दिनरात खटि सुचना संम्प्रेषण गरिरहेका ७ जना संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको गाउँपालिकाले जनाएको छ
