Sarawal sit lahar Notis

कोरोना भाईरसको संक्रमणबाट नेपालमा एक जनाको मृत्यु ।

0 16

काठमाडौं ३ जेठ
नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट पहिलो पटक एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसे घरभएकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको छ । १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएकी ति महिलाको त्यो वेला आमाछोरा दुबैको स्वास्थ्य सामान्य रहेको थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । केहि दिन यता उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो त्यसपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल लानेक्रममा बाटैमा उनको निधन भएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।
टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘ विस्तृत विवरण लिइएको र कोभिड(१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड(१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’ अहिले नेपालमा कोरोना संक्रमित २ सय ८१ जना रहेका छन भने निको भएका ३६ जना र मृत्यु हुनेमा १ जना भएको छ ।

Leave A Reply

Your email address will not be published.