Bardaghat notish

प्रतापपुरमा कोरोना संक्रमितको सम्पर्कमा आएका दुई जनालाई क्वारेन्टाईन पठाईयो

127

सहबान अन्सारी
प्रतापपुर,जेष्ठ–१
प्रतापपुरमा एकजना युवामा कोरोना संक्रमण देखिए पछि संक्रमिकको सम्पर्कमा आएका दुई जनालाई बेलाटारी स्थित त्रिभुवन क्याम्पसको क्वारेन्टाईनमा पठाईएको वडा नं ५ का वडा सदस्य अलि मियाँले बताए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतापपुर गाँउपालिकाको ३६ बर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको जनाएको थियो ।  संक्रमित देखिएका युवा करिब ६ महिना पहिला रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको र भारतमा लकडाउन खुकुलो भएपछि करिब ४ दिन पहिला जिल्लाको बसहिया नाकाबाट बिहान करिब ५ बजेको समयमा सिमामा तैनात सुरक्षाकर्मीहरुबाट लुकीछिपी नेपाल प्रवेश गरेपछि एक ब्यक्तीको सहयोगमा गाँउ नजिकैबाट क्वारेन्टाईन पठाईएको थियो । जिल्लामा पहिलो कोरोना संक्रमित देखिएपछी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।