Jilla Ban Notis

काभ्रेली युवा ब्यावसाहीहरुद्धारा डियुटिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुका लागि खाजा नास्ता सहयोग ।

0 16

फुलकुमारी ढकाल
काभ्रे–बैशाख
बन्दा वन्दीका बेला बन्दा वन्दीलाई कडाई गर्नका लागि डियुटिमा सडकमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुका लागि काभ्रे बनेपाका युवा व्यवसायीहरुको एक समुहले मंगलवार खाजा नास्ता तथा मिनरल पानी सहयोग गरेका छन् । अहिले कोरोना भाइरस (कोभिड– १९)का कारण बन्दा वन्दी अर्थात लक डाउनका कारण कुनै पनि पसलहरु खोल्न नपाईने तर सडकमा डियूटीमा भने रहिरहनु पर्ने बाध्यतामा रहेका प्रहरीहरुलाई काभ्रेली युवा ब्यावसाहीहरुले मानविय धर्म सम्झेर खाजा नास्ताको ब्यवस्था गरेको युवा ब्यवसायि लक्ष्मी प्रसाद श्रेष्ठले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । उहांका अनुसार साँगा, बनेपा,पनौती,२८ किलो,धुलिखेल,चेक पोइन्ट,खावा,समाजकल्याण चोक(पाँचखाल)र लामीडाडा(पाँचखाल) लगाएतका क्षेत्रमा डियुटीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुका लागि खाजा नास्ता तथा मिनरल पानीको ब्यवस्था गरीएको थियो । उनीहरुले मंगलवार मात्र १ सय ५० खाजा नास्ताको सेट र मिनरल पानीको ब्यवस्था गरेको युवा ब्यवसायि लक्ष्मी प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ । काभ्रे बनेपाका युवा व्यवसायीहरुले ब्यापार ब्यवसायका अलावा अब यसरी नै सामाजीक कार्यहरुलाई पनि वेला वेलामा निरन्तरता दिने जनाएका छन् । उनीहरुले असहाय,गरीव तथा असक्तहरुका लागि आफुहरु एक भएर उचीत प्रकारको सहयोग गर्ने गरी वार्षीक योजना नै बनाउने तयारीमा रहेको समेत जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.