Bardaghat notish

सुस्ता गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

150

सन्जय कुश्वाहा

सुस्ता,बैशाख २४

नवलपरासीको सुस्ता गाउँपालिकामा एबिसी नेपाल द्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि पालिकाले चालेको कदमलाई थप सहयोग गर्नका लागि एबिसी नेपाल भैरहवाले स्वास्थ्य सामग्री साबुन,सर्जिकल माक्स र सेनिटाइजर गाउँपालिकालाई हस्तान्तरण गराएको हो । एबिसी नेपाल संस्थाका द्वारा संचालित संवाद कार्यक्रमको किशोरकिशोरी संजालका सदस्य निता खवासले १ हजार हात धुने साबुन,५० पिस सानिटाईजर, १ हजार सर्जिकल माक्स पालिकाका अध्यक्ष राम प्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । एबिसी नेपालले सुस्ता गाउँपालिकामा किशोर किशोरीहरुको क्षमता बिकासका लागि संवाद कार्यक्रम संचालन गर्दै आएको छ भने पालिका भरी ३० वटा किशोरी समूह सन्चालन भइरहेको छ ।