Holi care school

बर्दघाटका वृद्धको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ ः जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी

51

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१०

प्रदेश ५ मा पहिलो पटक र्‍यापिड टेष्ट पोजेटिभ भएको भन्ने हल्ला भैरहदा पोजेटिभ देखिएका नवलपरासीको बर्दघाटका एक वृद्धको पि.सि.आर. परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरब ढकालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ । बर्दघाटको चिसापानी अस्पतालमा आर डि टी परिक्षणका क्रममा ति बृद्धको कोरोना परिक्षण पोजेटिभ देखि पछि सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा लगेर स्वाव निकाली पि.सी.आर. प्रविधिबाट परिक्षण गर्नका लागि प्रदेश नं. ५ को कोरोना परिक्षण ल्यावमा पठाईएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा भएको परिक्षणमा रिर्पोट नेगेटिभ आएको प्रयोगशालाका डाक्टर राजेन्द्र गिरीलाई उदृत गर्दे जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभएको छ ।