sunwal

राहत वितरणमा लापरवाही गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीद्धारा प्रशासन समक्ष ज्ञापन पत्र ।

166

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२९
रामग्राम नगरपालिकाले राहत वितरणमा लापरवाही गरेको भन्दै उचित छानबिन गरी कानुन बमोजिम कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले प्रशासन समक्ष माग गरेको छ ।
मञ्चले दोषीलाई तत्काल कारवाही गर्न भन्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शनिबार ज्ञापन पत्र समेत बुझाएर ध्यानआर्कषण गराएको छ । मंचका केन्द्रिय सदस्य रामजी ज्ञवालीको नेतृत्वमा प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको थियो । रामग्राम नगरपालिकाले शुक्रबार वडा नम्बर ३ , ६ र ११ मा वितरण गरेको खाद्य सामाग्रि गुणस्तरहीन भएको भन्दै गरिब विपन्न वर्गले नगरपालीकाको मुलगेटमै फ्याकीदिएका थिए ।
साथै रामग्राम नगरपालिकाले नगरक्षेत्रभित्र छरेको किटनाशक औषधीको म्याद समेत गुज्रेको पाईएको भनदै मञ्चले ज्ञापन पत्र मार्फत सम्बन्धी निकायको ध्यानआर्कषण गराएको जनाएको छ । त्यसैगरी गत २६ गतेदेखी औषधीजन्य व्यवसाय बाहेक अरु सबै प्रकारका व्यवसाय बन्द गर्न, गरेको निर्णय प्रति पनि मञ्चको ध्यानाकर्षण भएको जनाएको छ ।