kalika

सुनवल नगरपालिकाको दैवि प्रकोप उद्धार विशेष कोषमा आरति एग्रो इन्डसट्रिज प्रालि द्धारा १ लाख २० हजार ७ सय सहयोग

18

आरति एग्रो इन्डसट्रिज प्रालि द्धारा दैवि प्रकोप उद्धार कोषमा सहयोग

गौेरीशंकर जयसवाल

परासी चैत २८

नवलपरासीको सुनवल नगरपालिकाको दैवि प्रकोप उद्धार विशेष कोषमा जम्मा हुने गरी आरति एग्रो इन्डसट्रिज प्रालि सरावल नवलपरासीका प्रोप्राइटर नगेन्द्र अग्रहरीले व्यक्तिगत रुपमा १ लाख २० हजार ७ सय रुपौया बरारवरको सहयोग गरेका छन । उनले दैनिक मजदुरी गरी खाने गरिव विपन्नहरुको लागी राहत दिएको राहतले पक्कै पनि गरिब विपन्न बर्गहरुलाई राहत पुग्ने बिश्वास व्यक्त गरेका थिए । उद्योग वाणिज्य संघ नवलपरासीका उद्योग उपाध्यक्ष समेत रहेका आरति एग्रो इन्डसट्रिजका प्रोप्राइटर अग्रहरीले कोरोना भाइरसको महामारीको कारण दैनिक मजदुरी गरेर खानेहरु प्रभावित भएको भन्दै उनिहरुको दैनिकिलाई सहज बनाउनका निम्ती आफुले सुनवल नगरपालिका मार्फत सहयोग गरेको जानकारी दिए । उनी राजपाका बरिष्ठ उपाध्यक्ष समेत रहेका अग्रहरीले उनको घरमा भाडा लिएर बसेकालाई चैत्र र बैशाखा महिना घरभाडा समेत नलिने घोषण गरिसकेका छन ।