Bardaghat notish

नेपाली कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण ।

190

बर्दघाट,चैत्र–२७
नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीले बर्दघाट नगरपालिका चौपत्ता मा रहेको सहिद स्मृति सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सांसद देवेन्द्रराज कन्डेलको पहलमा चौधरी फाउन्डेसनले उपलब्ध गराएको पिपिई सेट(गगल्स सहित) ,ल्ढछ माक्स,स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेलाई हस्तान्तरण गरिएको थियो। पिपिई गगल्स सेट ५ थान,स्यानिटाईजर ३० थान र ल्ढछ माक्र्स १० थान उपलब्ध गराईएको सांसद कंडेलले जानकारी दिनुभयो। सांसद कन्डेलको पहलमा उपलब्ध भएको उक्त स्वास्थ्य सामाग्री परासिका दुई अस्पताल पृथ्वी चन्द्र अस्पताल र बिनोद निता कंडेल आँखा अस्पताल, सुनवल जर्गाहमा रहेको क्वारेन्टाइन,बर्दघाटको चिसापानी अस्पताल र पाल्हीनन्दनमा रहेको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र लगायतका अन्य स्वास्स्थ्यकेन्द्र हरुमा समेत हस्तान्तरण गरिएको उहाले जानकारी दिनुभएको छ। जोखिम मोलेर स्वास्थ्य सस्थामा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै उनिहरु सुरक्षीत रुपमा उच्च मनोबलका साथ उपचारमा खटिउन भन्ने उदेश्यका साथ स्वास्थ्य सामाग्री बितरण गरिएको सांसद कंडेलले बताउनु भयो।