फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२७
कोरोना भाईसरको संक्रमणवाट बच्नका लागि गरीएको लक डाउनको वेलामा खाद्यन्न, तरकारी, दुग्ध लगायतका अतिआवश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीले माग गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीले विहिवार एक विज्ञप्ति जारी गर्दै नवलपरासीजिल्लामा औषधी पसल बाहेक अन्य सवै प्रकृतिका व्यवसायहरु बन्द गर्दा उपभोक्ताको बाँच्न पाउने अधिकार नै कुण्ठित भएको भन्दै अतिआवश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन माग गरेको विज्ञप्ती मार्फत माग गरेको छ । मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली र जिल्ला सचिव मोहन पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरीएको छ ।
कोरोना भाईरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनप्रति ऐक्वद्धता जनाउँदै मञ्चलेअहलिेको समयमा अतिआवश्यक वस्तुहरु उपभोक्ताको माग अनुसार सुरक्षिततरीकाले घर–घरमा पु¥याउने व्यवस्था गर्न समेत सरोकारवाला निकायसंग माग गरेको छ ।
