Sarawal sit lahar Notis

बर्दघाट नगरको प्रकोप ब्यबस्थापन कोषमा नगर प्याप्सन मार्फत दुई लाख पचास हजार जम्मा ।

दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीवाट पनि ५० हजार सहयोग ।

0 30
कृष्ण ढकाल
बर्दघाट,चैत्र–२४
बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा नगरक्षेत्रका संस्थागत विद्यालयहरु संगठीत भएको संस्था बर्दघाट नगर प्याब्सन मार्फत १७ वटा विद्यालयहरुले संयुक्त रुपमा २ लाख ५०हजार रुपैया सहयोग गरेका छन । यसरी सहयोग गर्नेहरुमा  न्यु लाईफ सेकेण्डरी स्ुकल बर्दघाटले ३५ हजार, होलि एञ्जल ई. सेकेण्डरी स्कुल बर्दघाट १ ले २५ हजार, होली केयर ई. सेकेण्डरी स्कुल बर्दघाट ५ पालडाँडाले २० हजार, युनिभर्सल क्याम्ब्रीज बर्दघाट १३ ले २५ हजार, ग्लोबल एकेडेमी बर्दघाट १० ले २० हजार, ग्लोरियस एकेडेमी बर्दघाट ४ ले २० हजार, मनकामना ई. बोर्डिङ स्कुल बर्दघाट ४ बाट १० हजार, ज्ञानकुञ्ज शिक्षा सदन बर्दघाट १३ ले १० हजार, माउण्ट एभरेष्ट ई. बोर्डिङ स्कुल बर्दघाट २ ले २० हजार सहयोग गरेका छन् भने ओसिस मोडेल एकेडेमी बर्दघाट १६ ले १० हजार, एक्स आर्मी पब्लीक इ. सेकेण्डरी स्कुल बर्दघाट ४ ले १० हजार, विज्डम बोर्डिङ स्कुल बर्दघाट ७ ले १० हजार, लुम्विनी ई. स्कुल बर्दघाट १५ ले १० हजार, नवजागरण ई. स्कुल बर्दघाट १३ ले ५ हजार, बर्दघाट ईनलाईटन ई बोर्डिङ स्कुल बर्दघाट २ ले १० हजार, आइरिस एकेडेमी बर्दघाट २ ले ५ हजार र मझौनी सनसाईन बोर्डिङ स्कुलले ५ हजार सहयोग गरेको प्याब्सन बर्दघाटका नगर अध्यक्ष गोपाल आलले बताउनु भएको छ । सोमवार सबै संकलित रकमलाई एकमुष्टगरी नगर प्याब्सन अध्यक्ष गोपाल आले सहितको टोलीने नगर प्रमुख धिरज बस्याललाई हस्तान्तरण गरेको  थियो ।

त्यसैगरी
दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीले पनि बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा ५० हजार आर्थिक सहयोग गरेको छ । सोमवार दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीका क्याम्पस संचालन ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीको नेतृत्वमा नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा वस्याललाई अध्यक्ष अधिकारीले उक्त सहयोग रकमको चेक हस्तान्त्रण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.