Holi care school

सुनवल नगर दैवी प्रकोप उद्धार कोषमा चौतारी बचत तथा ऋण सहकारी संस्थाद्धारा सहयोग

45

रमेश भुसाल
सुनवल,चैत–२२
चौतारी बचत तथा ऋण सहकारी संस्था सुनवलले सुनवल नगरपालीकाको दैवी प्रकोप उद्धार विशेष कोषमा रु २१ हजार ५ सय ५ रुपौयाँ सहयोग रकम प्रदान गरेको छ । संचालक समितिको २ पटक र लेखा सुपरिक्षण समितिको १ पटकको सुविधा, कर्मचारीवाट एकमुष्ठ रु २ हजार ५ सय र संस्थाको कल्याणकारी कोष वाट रु ६ हजार ५ रूपैयाँ गरि उक्त रकम वरावारको चेक सुनवल नगरपालिकालाई हस्तान्तरण गरेको चौतारी वचत तथा ऋण सहकारी संस्थाले जानकारी दिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ महामारीको रोकथामको लागी सरकारले लागु गरेको लकडाउनलाई सहयोग गरौं सवैले सावधानी अपनाउँ र विपन्न समुदायलाई समाजले जिम्मा लिउँ भन्दै सुनवल नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको चौतारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन कुमार आर्चायले जानकारी दिनुभयो । बचत तथा ऋण सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष समेत रहेका आर्चायले विश्वभरी फैलिएको कोभिड १९ महामारीले आक्रान्त पारेको यस परिस्थीतीमा सवैले सावधानि आपनाउनुको विकल्प नभएको वताउनुभयो ।