sunwal

बर्दघाट नगरपालिकाले स्थापना गरेकोे प्रकोप ब्यवस्थापन कोषमा १६ लाख ६५ हजार संकलन ।

29

बर्दघाट,चैत्र–२१
बर्दघाट नगरपालिकाले स्थापना गरेकोे प्रकोप ब्यवस्थापन कोषमा आज शुक्रवार सम्म १६ लाख ६५ हजार ३ सय ६७ रुपैया बरबरको नगद तथा जिन्सी संकलन भएको छ । नगरका विभिन्न सामाजिक संघ सस्था,विद्यालय , स्थानिय जनप्रतिनिधि,कर्मचारी एवं समाज सेवी ब्यीक्तहरु र वित्तियसस्थाहरुद्धारा नगरको प्रकोप ब्यवस्थापन कोषमा उक्त रकम तथा जिन्सी सामान जम्मा भएको नगर प्रमुख धिरज शर्मा वस्यालले बताउनु भएको छ । जुन रकमवाट नगरमा रहेका गरीव तथा ज्यालामज्दुरी गरी खानेहरु मध्ये पहिलो चरणमा १ हजार ५ सय २७ अतिविपन्न परिवारले राहतस्वरुप खाद्यान्न वितरण गरीएको छ । बर्दघाट नगरपालिकाका १६ वटै वडामा अतिबिपन्न छनौट गर्दा समेत १ हजार ५ सय २७ घरपरिवार पुगेकोमा आज ( शुक्रवार ) सम्म ती सबै घर परिवारले राहत पाएको नगर प्रमुख धीरज शर्मा बस्यालले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । उहांले अतिबिपन्नलाई प्राथमिकतामा राखेर अहिले राहत दिइएको नगर प्रमुख बस्यालले जानकारी दिनुभयो ।  पहिलो चरण अन्र्तगत २५ गते सम्मका लागि सो राहत भएपनि दोस्रो चरणमा केहि बढ्न सक्ने उहाँले बताउनुभयो । नगरले अहिले बिपन्न परिवारलाई १० किलो चामल,दुई किलो दाल,१ किलो नुन, एक पोका तेल र एउटा साबुनका दरले राहत वितरण गरेको छ ।
यता नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोग गर्नेहरुको यतिवेला समेत लर्काे नै लागेको छ । आज अर्थात शुक्रवार सम्म  एन आई सी एशिया बैकले दिएको एक लाख बराबरको खाद्यान्न सहित नगरका सबै जनप्रतिनिधिबाट ५ लाख ५ हजार रुपैया , शिक्षक बाहेकका कर्मचारीबाट ३ लाख ५५ हजार संकलन भएको छ । भने राजामाहात्मा पूर्णभद्र मावि बर्दघाट ९ भुताहा,नवजिवन मावि बर्दघाट–४, दिब्यज्योति मावि बर्दघाट–२ ,निरकु माविले जहदाँ, दाउन्नेदेवी मावि बर्दघाट ४,गंगा मावि,शान्ति निकुञ्ज रेवती गौमाता गौतम मावि बर्दघाट–५ ,राष्ट्रिय मावि जिमिरेभार ,सरस्वती मावि बर्दघाट–१४ र बाल्मिकी मावि बर्दघाट १ , कुमुदिनी मावि बर्दघाट–४ र डेभिस स्कुलले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोग रकम प्रदान गरेका छन् ।
त्यस्तै नवलपरासी इर्टटा ब्यवसायी संघ, चिसापानी सामुदायिक वन उपभोक्ता समुह,नवलपरासी सुनचाँदी ब्यवसयी संघ ,बर्दघाट नगर कमिटी,बर्दघाट बजार विकास समिति, जिमिरेभार बजार विकास समिति,दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारी संस्था, बर्दघाट,नवजागृति महिला समुह,मिलिजुली आमा समुह,सुलभ वचत तथा ऋण सहकारी संस्था,ईन्द्रेणी सामाजिक विकास मञ्च,समाजसेवी मनोज कुमार कार्की लगाएतले सहयोग गर्नु भएको नगर प्रमुख वस्यालले जानकारी गराउनु भएको छ ।