kalika

वाल्मीकि जनकल्याण युवा क्लबद्धारा करिब १५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग ।

80

श्याम थापा

सुस्ता १७ चैत

सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा रहेको वाल्मीकि जनकल्याण युवा क्लब नवलपरासीले सुस्ता  क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।  कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुस्ता गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा भारत लगायत विभिन्न मुलुकबाट कमाएर आएका ब्यक्तिहरु बस्ने समयमा खानाको ब्यवस्थापन गरिएको कार्यमा आफ्नो क्लबले पनि खाद्यान्न सामग्री सहयोग गरेको वाल्मीकि जनकल्याण युवा क्लब महलबारीका सचिव इश्वर प्रसाद उपाध्यायले बताएका छ्न । साथै क्लबका सचिव उपाध्यायले क्वारेन्टाइनमा खाद्यान्न सामग्री लगायत अन्य सहयोगहरु आवश्यक परेको बखतमा उपलब्ध गराइ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । वाल्मीकि जनकल्याण युवा क्लबले करिब १५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो ।