Sarawal sit lahar Notis

वडाध्यक्ष थारु र उद्योगी अग्रहरीले चैत्र र बैशाख महिनाको घरभाडा नलिने घोषण

0 21
मुक्ती तिवारी /गौरीशंकर जयसवाल
चैत्र–१०
बर्दघाट नगरपालिका वडा नम्बर (७ का वडाअध्यक्ष ध्रुव थारुले कोरोना भाईरसको जोखिम नहटे सम्म आफ्नो घरमा विभिन्न ब्य्वसाय गर्दै आईरहेका ब्यवसायिहरुको घरबाहाल नलिने घोषणा गर्नुभएको छ।  जिमिरेभार बजारमा रहेको आफ्नो घरको १० वटा  कोठा भाडामा लगाएका थारुले पुर्ण रुपमा कोरोना निर्मुल नहुदा सम्मका लागि ब्यवसायिको भाडा मिनाह गरेको बताउनु भयो।उहाले चैत्र महिनाको १ गतेदेखीकै  भाडा मिनाहा गरिदिएको जानकारी दिनुभयो। घरभाडा बापत  मासिक ३० हजार बुझ्दै आएता पनि संकटको घडिमा पैसा भन्दा ठूलो मानवता रहेकाले आफुले सक्दो सहयोग गरेको उहाले बताउनु भयो।  जिमिरेभारमा रहेको त्रिनेत्रेस्वर मन्दिरका लागि समेत १ कट्ठा जग्गा दान गरेका थारुले  बिधालयमा निजि खर्चमा शिक्षक राख्ने जस्ता  विभिन्न अनुकरणीय कार्यहरु गरि समाजसेवामा अग्रसर रहदै आउनुभएको छ। रास्ट्रलाई संकटको घडिमा आफुले सक्दो सहयोग गर्ने बताउदै अध्यक्ष थारुले आफ्नो ब्यक्तिगत चाहाना अनुरुप उक्त निर्णय लिएकाले सबैले यसलाई सकारात्मक रुपमा लिने बिस्वास ब्यक्त गर्नु भयो।

उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अग्रहरीद्धारा २ महिनाको घरभाडा नलिने घोषण

उद्योग बाणिज्य संघ परासीको उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडा नलिने घोषण गरेका छन कोरोना भाईरसको महामारी रुपमा फैलिएको पसलहरु आर्थिक मन्दी भएपछि  अग्रहरीले  आफनो घरमा घरभाडा लिएर बसेका व्यक्तिहरुसंग २ महिनाको घरभाडा नलिने घोषण गरेका हुन । घरभाडा छुट गर्ने पश्चिम नवलपरासीमा पहिलो घरधनी अग्रहरीले  हुन  । उनले आफनो घरमा लिएर बसेका व्यक्तिहरुसंग चैत्र र बैशाखा महिनाको भाडा नलिने घोषण गरेको अग्रहरीले बताए । कोरोना भाईरसको महामारी रुपमा फैलिएको पसलहरु आर्थिक मन्दी हुने भएको मध्येनजर गदै अग्रहरीले रामग्राम ५ मा अवस्थित रहेको घरमा घरभाडा लिएर बसेका पसलका व्यपारी व्यक्ति रसंस्था अफिसहरु  घरभडा लिने अग्रहरीले जानकारी दिए । उनको घरमा घरभाडा लिएर बसेका संघसंस्थाका अफिस व्यक्तिहरु व्यापारीहरु बसेका छन ।

Leave A Reply

Your email address will not be published.