Holi asnjal makar GURU

घाटगद्दी गरी राखिएको स्टक हटाउन नगरपालिकाको ताकेता ।

44
कृष्ण ढकाल
बर्दघाट,चैत्र–८
नवलपरासीको सुनवल नगरपालिका वडा नं. ६ विशासय खोला छेउमा स्टकगरी राखेको नदीजन्य वस्तु  पटक पटक हटाउन प्रत्राचार गर्दा समेत नमानेको भन्दै नगरपालिकाले तत्काल हटाउन निर्देशन दिएको ।  नदीजन्य पदार्थको ठेक्का भईसकेको अवस्थामा नदी किनारमा घाटगद्दी गरी राखिएको पुरानो स्टक तत्काल हटाउन नगरपालिकाले यसअघि पनि निर्देशन दिएको थियो ।  खोला किनारमै गत वर्ष लक्ष्मी मल्टीप्रपोज प्रालि सुनवलले नगरपालिकावाट स्टक प्रमाणीत गरी घाटगद्दी गरेकाले कार्तिक ७ र १८ गतेको स्थलगत अनुगमन पछि १५ दिन भित्र अन्यत्र ब्यवस्थापन गर्न नगरपालिकाले पत्राचार गरेको थियो । तर अहिले सम्मपनि उक्त स्थानवाट नदी किनारमा घाटगद्दी गरी राखिएको स्टक नहटाएपछि नगरपालिकाले ताकेता गरेको छ ।    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश ५ को नदीजन्य पदार्थ व्यवस्थापन कार्य्विधि २०७५ ले घाटगद्दी गर्दा उत्खनन स्थलबाट न्यू्ुनतम पनि पाँच सय मिटरको दुरी कायम गर्नुे जनाएको छ ।