Sarawal sit lahar Notis

महेशपुर भन्सार कार्यालयद्वारा अबैध कपडा बरामद ।

0 46

नन्दु यादव
नवलपरासी,चैत–४
नवलपरासी जिल्लामा रहेको महेशपुर भन्सार कार्यालयले मंगलवारराति रामग्राम नगरपालिका वडा न ७ उजैनि चोक ,जितपुर,पाल्हिक्याम्पस सडक खण्ड लगायतका स्थानबाट ८ लाख ९०हजार बराबरको अबैधरुपमा लैजादै गरेका समानाहरु वरामत गरेको छ । २ वटा मोटरसाईल सहित अबैध कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयले जनाएको छ । कपडा ओसारपसार गरिरहेको सुराकि पाएको आधारमा भन्सारबाट खटेकोटोलिले राति नै अबैध कपडा बरामद गर्न सफलभएकोे भन्सारका प्रमुख हेमचन्द्र शर्माले जानकारी दिनु भयो । यता भन्सार कार्यालय र सिमा प्रहरी चौकिको सक्रियता बढदै गयपछि अबैध सामानहरु बरामद हुनेक्रम बढेको छ  भने तस्करीमा कमि आइरहेको सिमा प्रहरी चौकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.