Holi asnjal makar GURU

सुर्य ज्योती युवा क्लव,बर्दघाट–२ चिसापानीको अध्यक्षमा राम प्रसाद भण्डारी ।

40

कृष्ण ढकाल/माधव घिमिरे
बर्दघाट,चैत्र–१
सुर्य ज्योती युवा क्लव,बर्दघाट–२ चिसापानीको २३ औं वार्षीक साधारण सभा तथा ७ औं अधिवेशन कार्यक्रम सम्पन्न् भएको छ । बर्दघाट–२ चिसापानीमा आज भएको अधिवेशनले राम प्रसाद भण्डारीको नेतृत्वमा नयां कार्य समिति चयन गरेको छ । जस्को अध्यक्षमा राम प्रसाद भण्डारी,उपाध्यक्षमा विष्णु भुजेल र सचिवमा टेक बहादुर थापालाई चयन गरेको छ भने कोषाध्यक्षमा दिपा न्यौपाने र सह–सचिवमा शंकर पौडेललाई चयन गरेको छ । त्यसैगरी सदस्हरुमा रमेश मल्ल ठकुरी,ईन्द्र बहादुर थापा,प्रेम भुजेल र सन्दिप वि.क.लाई चयन गरेको छ । त्यसैगरी प्रेम खड्कालाई लेखा समितिको संयोजकमा चयन गरेको छ भने दिपक श्रेष्ठ र सन्देश वस्याललाई सदस्यमा चयन गरेको छ ।  क्लवको अध्यक्षका लागि राम प्रसाद भण्डारी,प्रेम भुजेल,युवराज वलामी,कमल वस्याल,बलराम भण्डारी र नाथुराम चौधरीले आफ्नो उमेदवारी दिनु भएको थियो  भने उपाध्यक्षका लागि दिपक राना मगर,साजन थापा र विष्णु भुजेलले आफ्नो उमेदवारी दिनु भएको थियो । त्यसैगरी कोषाध्यक्षमा दिपा न्यौपाने र गंगा ज्ञवालीले आफ्नो उमेदवारी दिनु भएको थियो भने सचिवमा टेक बहादुर बुढाथोकी र भेलोर घिमिरेले आफ्नो उमेदवारी दिनु भएको थियो । सह–सचिवमा शंकर पौडेल र ईन्द्र बहादुर थापाले आफ्नो उमेदवारी दिनु भएको थियो । त्यसैगरी चार सदस्यपदका लागि ९ जनाको उमेदवारी परेको थियो ।

शनिवार भएको सुर्य ज्योती युवा क्लवको २३ औं वार्षीक साधारण सभा तथा ७ औं अधिवेशन कार्यक्रम क्लवका अध्यक्ष शिव प्रसाद पाण्डेको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. २ की वडाध्यक्ष दया दर्लामिको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । सो अवसरमा क्लवका पूर्व अध्यक्ष दव बहादुर गर्भुजा मगर,कमल परियार,यम बहादुर थापा, विष्णु बहादुर वस्नेत,दिब्य ज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवोध जागृत बुढाथोकी,चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग, चिसापानी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष मोहन गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।