उमेश बि.क
सरावल,चैत्र १
नवलपरासीको सरावल गाउँपालिकाद्वारा नर्भेका यमुना अदितिलाई बिदाइ गरिएको छ। एबिसि नेपाल , स्ट्रोम फाउन्डेसन नेपालको कार्यक्रम सन्चालन कार्यक्षेत्र नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न सम्वाद , बिद्यालय तथा गाउपालिका र वडाको गतिविधि तथा नेपालको रहन सहन कला संस्कृति बारे बुझ्न सिक्नको निम्ति करिब ४ महिना पहिलै आएका नेपाली नाम यमुना र अदितिलाई बिदाइ गरिएको छ। सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा बिदाइ गरिएको हो। बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले नेपालमा यमुना अदितिको लागि ठुलो अवसर थियो । नेपालमा सिकेको कुरा वहाँहरुको जिवनमा काम लाग्ने कुरा छ । नेपाल केन्द्रीय शासन ब्यवस्था थियो देश संघियतामा गएको छ तीन तहको सरकार बनेको छ । तीन तहको सरकार पछि विभिन्न कानुन बनाउने र बिकास गर्ने प्रकिया जारी छ । यहाँका शिक्षा पर्यटन स्वास्थ्य लगाएत भौतिक संरचना बिकास हुदैछ । यहाँहरु आउनु भयो यहाँका विभिन्न बिकास निर्माण कार्य हुदैछ र तपाईंको देशको तुलनामा धेरै फरक छ । यहाँहरू आउनुभयो यहाँका भाषा, संस्कृति हेर्नुभयो यो भाषा संस्कृति बारे आफ्नो देशमा बुझाउनुहुन्छ भन्ने आश लिइएको छु ।साथै एबिसि नेपाली स्ट्रोम फाउन्डेसनलाई अध्यक्ष चौधरीले धन्यवाद दिइएका हुन । नेपाल र नर्भे देशको भाइचारा कायम गर्ने यो ठुलो अवसर प्रदान भएको र नेपालबाट पनि सिक्नको निम्ति जानेलाई शुभकामना दिदै विभिन्न संघ संस्थालाई गाउँपालिकाबाट चाहिने सहयोग र साथ हमेश दिने प्रतिबद्वता ब्यक्त गर्नुभएको हो। साथै नर्भेका यमुना अदितिले नेपाल सुन्दर देश तथा यहाँका जनता धेरै मिलनसार र सहयोगी रहेको बताएका हुन । आफुहरु नर्भेबाट आफ्नो घर परिवार छोडेर आए पनि त्यो महसुस हुन यहाँका स्थानीयले नदिएको भन्दै प्रशंसा ब्यक्त गरेका हुन । आफुहरु सिक्ने प्रकृयामा गाउँपालपका , बिद्यालय , वडा , सम्बाद तथा यहाँका स्थानीयले जुन माया ममता सहयोग दिनुभएको छ त्यो जिवनमा नबिर्सिने कुरा ब्यक्त गर्दै सहयोग गर्ने सम्पुर्ण जनालाई धन्यवाद दिइएका हुन।बिदाइ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेल , सरावल स्वास्थ्यशाख सहसंयोजक अशोक पाण्डे ,सरावल गा।पा स्तरीय अन्तरपार्टी महिला सन्जाल सदस्य रेशमा बि।क, एबिसि नेपालीकि सहजकर्ता सायदा नेसापठान , सबिता चौधरी,पत्रकार उमेश बि।क लगाएत सम्बादका किशोर किशोरीहरुको सहभागीता रहेको थियो।