kalika

नेकपा सुनवल वडा कमिटिको बिस्तारीत बैठक सम्पन्न ।

51

सुनवल,फागुन २९
नेपाल कम्युनिष्ट पार्टि नेकपा सुनवल वडा नं १ वडा कमिटिको बिस्तारीत बैठक  सम्पन्न भएको छ । वडा कमिटिका सचिव लक्ष्मण भण्डारीको अध्यक्षतामा बसेको बैठकले पार्टि जिल्ला कमिटिद्धारा सर्कुलर गरेको परिपत्र प्रस्तुत गरि पारित गरिएको छ ।  बैठकले तिन महिने जागरण अभियानलाई सफल बनाउन वडा कमिटि, टोल कमिटि, सुवेक्ष्छुकहरुको बृहत उपस्थिति जनाउने र पार्टि संगठित सदस्यहरुको नबिकरण गर्नका लागि टोलटोलमा डेक्स राख्ने निर्णय पारीत गरिएको वडा सदस्य मनबहादुर थापा मगरले जानकारी दिनुभएको छ । सो अवसरमा जिल्ला कमिटि सचिवालय सदस्य एवं सुनवल नगर इन्र्चाज बिमला अर्याल, जिल्ला कमिटि सचिवालय सदस्य एवं सुनवल वडा नं १ इन्र्चाज डोलराज भण्डारी, जिल्ला सचिवालय सदस्य खडक बस्नेत, जिल्ला सदस्य उमानाथ पोखरेल, जिल्ला सदस्य शान्ता भण्डारी, रेशम शर्मा, नगर तथा वडा कमिटिका पदाधिकारी एवं जनप्रतिनिधिहरुको बिशेष उपस्तिथि रहेको वडा सदस्य थापाले जानकारी दिनुभयो ।