Holi care school

सुस्तामा अज्ञात समुहले जवरजस्ती एक हजारबढी केराका वोट भांचे ।

137

कृष्ण ढकाल
बर्दघाट,फागुन–२५
नवलपरासीको सुस्ता–५ चन्नरगञ्जका एक किसानको दुई विगाहा क्षेत्रफलमा लगाएको १ हजार बढि केराकाबोट रातीको समयमा अज्ञात समुहले जवरजस्ती भांचेर नष्ट गरेको छ । आफनो खेतको केरा खेती नष्ट भएको देखेपछि दुःखले मुर्छित भएका किसान तिलक कुमालले प्रहरी र केरा उत्पादक संघलाई समेत जानकारी गराएका थिए । अज्ञात समुहले जवरजस्ती भांचेर नष्टगर्दा करिव ५ लाख बढीको क्षेतीभएको किसान तिलक कुमारले बताएका छन् । यता केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले यसप्रकारको कार्यले गर्दा केरा किसानहरुको आत्म वल कम्जोर भएको दुखेसो गर्नु भएको छ । यसप्रकारका कार्य गर्न जुनकुनै ब्यक्तिभएपनि यसको छानविनगरी कार्वाहि गर्नु पर्ने र पिडित किसान तिलक कुमारलाई उचित क्षतीपूर्ति दिनु पर्ने केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनु भएको छ । यता जवरजस्ती भांचेर नष्ट भएका केराका वोट सहितको दृश्य सामाजिक संजालमा पोष्ट भएपछि विभिन्न ब्यक्तिहरुले उत्पादनमा जोडीएर अघिबढेका किसानहरुको खेती नष्ठ गर्ने जोकोहि भएपनि त्यसको पहिचान गरी कानुनी दायरामा ल्याएर क्षतीपूर्ति सहितको कानुनी कावार्हि गर्नु पर्ने माग सहितका तर्कहरु उल्लेख गरेका छन् ।