Sarawal sit lahar Notis

सुनवल वडा नं ६ मा तिन महिने बेसिक सिलाई कटाई तालिम सुरु ।

0 31

अमृता सुनार
सुनवल,फागुन २५
नवलपरासीको सुनवल नगरपालिका वडा न. ६ विशासयको महिला उधमी केन्द्रको सभाहलमा आज देखि ३ महिने बेसिक सिलाइ कटाइ तालिम सुरु भएको छ । सुनवल नगरपालिकाको आर्थीक सहयोग र  महिला उधमी केन्द्र सन्चालन तथा व्यवस्थापन समितिको आयोजनामा फागुन १८ गते ३ महिने एडवान्स सिलाइ कटाइ तालिम समापन भएको र आज देखि फेरी बेसिक सिलाई कटाई तालिम शुरु गरिएको हो ।   महिला उधमी केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अनिता ढकालको अध्यक्षतामा भएको तालिममा अध्यक्ष ढकालले  सम्पुर्ण महिला दिदी बहिनीहरु सीप सिकेर सक्षम भए मात्र अघि बढ्न सक्ने बताउनुभयो । उहाले सिप सिकेर त्यसलाई ब्यवहारमा उर्तान सके मात्र यसको सार्थक परिणाम आउने बताउदै सबै महिलाहरु उधमी र व्यवसायि हुनुपर्नेमा जोड दिनुभयो । महिला उधमी केन्द्र व्यवस्थापन समितिका सचिब सिता तिमिल्सिनाले महिला उद्यम केन्द्रबाट सिकेका सिपहरु ब्यवहारमा लागु गरेर आफनो खुटटामा आफै उभिन सके मात्र महिला क्षमता बिकासमा बृद्धि गर्न सकिने बताउनु भएको छ । उक्त ३ महिने बेसिक सिलाइ कटाई तालिममा ३० जना महिला प्रशिक्षार्थिहरुको सहभागीता रहेको छ । तालिमको प्रशिक्षण राधिका सापकोटाले दिनुहुने छ ।

Leave A Reply

Your email address will not be published.