Sarawal sit lahar Notis

भेडा पालनबाट जीवन गुजारा चलाउदै धर्मौलीका हाकिम पाल

0 92
नन्दु यादव 
प्रतापपुर.फागुन २४
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ५धर्मौलीका ६० बर्षिय हाकिम पाल ले भेलापालन बाट आफ्नो जीवन गुजारा गर्दै आउनु भएको छ ।१५०बर्ष देखि आफ्नो पुर्खाहरुले भेडा पालन गर्दै आएकोले आफु पनि ४०बर्ष देखि नै भेडा पालनमा लागेको उनले बताए। दिनरात नभनि मेहनत गरि भेडापालन गर्दै आएका छौ कहाँ रात कहाँ बिहान हाम्रो ठेकान हुदैन भेडा चराउदा चराउदै नवलपरासी, रुपन्देही , कपिलवस्तु सम्म पुग्छौ ।हाम्रो पाल जातिहरुको पेशा नै भेडा पालन ,रहेकोले पुर्खौली पेशामा आफु लागेको वहाले बताउनु भयो ।बाबु बाजे कै पाला देखि हाम्रो घरमा भेडा पालन हुँदै आएको कुरालाई आफुले अपनाएको समेत बताए ।घरमा रहेको ६जना परिवार लाई पाल्दै  आएको उनले बताए ।अहिले उनका ७०वटा भेडा  रहेका छन्  ।भेडापालनबाट छोरीको बिबाह समेत गरे र घरपरिवारलाई समेत पाल्दै आएको उनले बताए । छोरा पनि यहि भेडापालनलाई नैै पेशाको रुपमा अपनाउदै गएको बताए ।भेडाकोे रौ र मासुलाई मानिसहरुले प्रयोग गरिरहेका छन ।६०० रुपैया प्रति किलो भेडाको मासु बिक्रि समेत गर्दै आएको र भेडाको रौ १०० रुपैया किलो बेच्दै आएको उनले बताए ।बार्षिक रुपमा ८लाख देखि १०लाख सम्म आम्दानी गर्दै आएको उनले बताए । भेडापालनमा सरकारले अहिले सम्म कुनै पनि किसिमको अनुदान नदिएको गुनासो समेत गरे ।

Leave A Reply

Your email address will not be published.