मन्त्री हृदेयश त्रिपाठीद्धारा चिसापानी अस्पतालको निरिक्षण ,जग्गा प्राप्तीको लागि पहल गर्ने प्रतिवद्धता ।
बर्दघाट,फागुन–१३
संघिय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले मंगलवार नवलपरासीको बर्दघाट–२ चिसापानीमा रहेको चिसापानी अस्पतालको निरिक्षण गर्नु भएको छ । मन्त्री त्रिपाठीलाई संविधान सभा सदस्य सिन्धु जलेसा नेतृत्वको टोलीले अस्पतालको नरिक्षण गराएको थियो । नरिक्षणको क्रममा संविधान सभा सदस्य सिन्धु जलेसाले अस्पतालको लगि जग्गा उपलब्ध गर्ने व्यवस्था मिलाई दिन मन्त्री त्रिपाठी संग आग्रह गर्नु भएको थियो । अस्पतालको प्रशासनिक कक्षमा भएको छलफलका क्रममा मन्त्री त्रिपाठीलाई संविद्यान सभा सदस्य सिन्धु जलेसाले आग्रह गर्नु भएको थियो । अस्पतालको लागि जग्गा प्राप्तीको प्रक्रिया कानुनि रुपमा अघि बढीसकेको र अब मन्त्री परिषद्को निर्णय मात्र वांकी रहेकाले मन्त्री परिषद्को बैठक बाट अस्पतालका लगि जग्गा उपलब्ध हुनेगरी निर्णय गराई सहयोग गर्न जलेसाले अनुरोध गर्नु भएको थियो । मन्त्री त्रिपाठीले अस्पतालको निरीक्षण गर्ने क्रममा चिसापानी अस्पताल व्यवस्थापन समितीका सस्थापक पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । सोक्रममा अस्पतालका लगि जग्गा प्राप्तीका लागि आफुहरुले जस्तो पनि मुल्य चुकाउन तयार रहेको चिसापानी अस्पताल व्यवस्थापन समितीका सस्थापक पदाधिकारीहरुले मन्त्री त्रिपाठीसंग जानकारी गराएका थिए । अस्पताल निरीक्षणका क्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्य अजय शाही सहितको सरोकालवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अबसर सरोकारवाला व्यक्तीहरु ,विभिन्न संघ सस्थाका प्रतिनिधी ,स्थानियहरुको सहभागिता रहेको थियो ।