Holi asnjal makar GURU

नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा जिमीरेभार महोत्सव २०७६ सुरु ।

100

बर्दघाट,फागुन ८

धार्मिक क्षेत्र त्रिनेत्रश्वर धाम तथा जिमिरेभार बजारको ब्यापारीक क्षेत्र प्रर्बद्धन गर्ने उद्दश्यले जिमीरेभार महोत्सव जाउं नेपाल भ्रमण बर्ष २०२० सफल पारौ भन्ने मुल नारा सहित विहीबार देखि तिन दिवसीय जिमीरेभार महोत्सव २०७६ पश्चिम नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा सुरु भएको छ । बर्दघाट नगरपालिका वडा नं ७, १ र ६ कार्यलयको संयुक्त आयोजना एवं नगरभित्रका बिििभन्न संघ संस्थाहरुको सहआयोजनामा महोत्सव सुरु भएको हो । बर्दघाट वडा नं ७ का वडा अध्यक्ष धुर्व थारुको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन गरीएको छ । महोत्ससवको उद्घाटन गर्दै प्रमुख अतिथी बस्यालले यस्ता खालका मेला महोत्सवले समाजमा सकारात्मक सन्देश दिनुका साथै सामाजिक विभेदको अन्त्य गर्न सहयोग पुग्ने हुदा सबै नगर बासी मिलेर महोत्सवलाई सफल बनाउन अनुरोध गर्दै नगरका सम्पुर्ण पर्यटकिय क्षेत्रलाई नगरले प्रबद्धन गर्दै लैजाने बताउनु भयो । ब्रह्मकुमारी इश्वरी विद्यालय बर्दघाटकी मिना दिदीले शिवरात्रिको धार्मिक महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त महोत्सव उद्घाटन हुनु अघि स्थानिय क्षेत्रका सम्पुर्ण विद्यालय संघसंस्था आमा समुह युवा क्लव स्थानिय बासी जनप्रतिनीधि लगाएतको सहभागितामा भजन कृतन सहित जिमिरेभार बजार प्ररिक्रमा गरीएको थियो । सो महोत्सवमा राष्ट्यि जनबादि गायक जिवन शर्माले जनवादि गीतमा उपस्थित सबैलाई नचाएका थिए । सो महोत्सवमा बिहीकार देखि नै नगरस्तरीय पुरुष भलिवल प्रतियोगीता समेत सुरु भएको छ । सो प्रतियोगीतामा २२ टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा राष्ट्यि तथा स्थानिय कलाकारको प्रस्तुती रहनुका साथै जातिय सांकृतीक कार्यक्रम भजन मण्डलीको समेत प्रस्तुती रहेको थियो साथे सो महोत्सवमा झाकीं प्रद्धशर्नि, जात जातीको खानाका परीकार लगाएत निशुल्क योग शिविर समेत रहेको छ भने शुक्रबार माहाशिवरात्रिको अवसरमा विषेश कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । वडा नं १ का वडा अध्यक्ष मोतिलाल सुनारको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन उत्तम ध्वज केसीले गनुभएको थियो