Jilla Ban Notis

बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुल बर्दघाट–२ चिसापानीको रजत महोत्सव विविध कार्यक्रम सहित सम्पन्न् ।

0 32

कृष्ण ढकाल
बर्दघाट,फागुन–६
बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुल बर्दघाट–२ चिसापानीको रजत महोत्सव विविध कार्यक्रमगरी सम्पन्न् भएको छ । रजत महोत्सवको आज मंगलवार एक कार्यक्रमका विच समापन गरीएको छ । बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुलका प्रिन्सिपल ईश्वरी प्रसाद कंडेलको अध्यक्षता र प्याप्सन नेपाल प्रदेश ५ का अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त रजत महोत्षव कार्यक्रम सम्पनन् भएको होे । रजत महोत्सव समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्याप्सन प्रदेश अध्यक्ष पाण्डेले बाल बालीकाहरुलाई स्कूलमा पढाउका लागि भन्दा पनि सिकाउनका लागि पठाउने हो भन्ने कुराको जानकारी अभिभावकहरुमा हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले अभिभावक र शिक्षकहरुले विद्यार्थीहरुलाई पढाउन मात्र ध्यान दिएका कारण उनीहरुको मस्तिस्कमा नकरात्मक कुरा मात्र भरीने गरेको बताउदै अब उनीहरुलाई पढाउन छोडेर सिकाउन तिर लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधि दधिकला पौडेल,प्याप्सन नवलपरासीका पूर्व सल्लाहकार शिव पौडेल,जिल्ला फोटो ग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे,समाज सेजी सदानन्द पाण्डे,विष्णु वराल, लगाएतको उपस्थिती रहेको थियो ।


मंगलवार भएको उक्त रजत महोत्सव समापन तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका र्पूव,विद्यार्थी र पूर्व शिक्षकहरुलाई सम्मान गरीएको थियो भने गत शैक्षिकवर्षमा उत्रीणर््ाभएका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत सोही कार्यक्रममा गरीएको थियो । त्यसैगरी विद्यालयका विद्यार्थीहरुले आफ्ना विविध सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत् गरेका थिए । शिक्षक सफल सापकोटाको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रमको संचालन शिक्षक किश्वर गैरे र शिक्षीका दिनशिका श्रेष्ठको संचालनमा सम्पन्न् भएके थियो ।

Leave A Reply

Your email address will not be published.