Sarawal sit lahar Notis

रकम अभावका कारण वास योजना बनाउन कठिनाई ।

0 61

परासी,५ फागुन
रकम अभावका कारण खानेपानी, सरसफाई तथा स्वच्छता ( वास ) योजना बनाउन कठिनाई भएको पश्चिम नवलपरासीका स्थानिय तहले बताएका छन् । उनीहरुले वास योजना बनाउने विषयमा मन्त्रालय र पालिकाहरु बिच आर्थिक वर्षको मध्यमा आएर समझदारी भएकोले रकम अभाव भएको बताएका छन् । भौतीक पूर्वाधार विकास मन्त्रालय प्रदेश ५ ले परासीमा मंगलबार आयोजना गरेको वास योजना निर्माण सम्बन्धी जिल्लास्तरिय समिक्षा बैठकमा सहभागी पश्चिम नवलपरासीका स्थानिय तहका प्रमुखरउपप्रमुखहरुले यस्तो बताएका हुन् । उनीहरुले कतैबाट रकमको व्यवस्था गरेर स्थानीय तहको वास योजना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।   रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले आर्थिक वर्षको मध्यमा कार्यक्रम आएकोले रकम अभाव भएको बताउदै नगरसभाबाट रकम विनियोजन गरेर पालिकाको वास योजना बनाउने जानकारी दिनुभयो ।  प्रतापपुर गाउँपालिकाका प्रमुख राज कुमार शर्माले कार्यक्रम आर्थिक वर्ष सुरु हुनु भन्दा अघि नै ल्याउनु पर्ने सुझाव दिदै पालिकाको वास योजना बनाउन कार्यपालिका बैठकबाट रकम विनियोजन गर्ने बताउनुभयो ।   सरावल गाँउपालिकाका उपप्रमुख उत्तमा रायले कार्यक्रमका लागि यस आिर्थक वर्षमा बजेट नभएको भन्दै अन्य योजनाबाट रकमान्तर गरेर भएपनि पालिकाको वास योजना बनाउने बताउनुभयो । मन्त्रालयका खानेपानी तथा सरसफाई महाशाखा प्रमुख धुव्र धितालले वास योजना बनाउन पालिकाहरुलाई अनुरोध गर्दै आगामि आर्थिक वर्ष देखि मन्त्रालयले पालिकाले छनौट गरेको योेजनाका लागि मात्र बजेट विनियोजन गर्ने बताउनुभयो ।  स्थानीय तहका प्रमुखरउपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सूचना प्रविधि अधिकृत, वास योजना संयोजक लगायतको सहभागीता रहेको बैठकको सहजीकरण वास विज्ञ इन्जिनियर प्रशन्न पाण्डे र सञ्चालन वास योजना संयोजक शान्ति बि.क.ले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.