Bardaghat notish

रामग्राम जेसीजद्धारा बैठक प्रणाली तालिम सम्पन्न ।

181
परासी, ३ फागुन
जेसीज बैठक प्रणाली विषयक एक दिने तालिम आज परासीमा सम्पन्न भएको छ । रामग्राम जेसीज वर्ष २०२० को आयोजनामा भएको तालिममा रामग्राम जेसीज र रामग्राम महिला जेसीजका पदाधिकारी तथा निर्देशकहरुको सहभागिता रहेको थियो ।  तालिममा रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम ढकालले जेसीजको अर्थ, महत्व, फाईदा, जेसीजको विधान, जेसीज पदाधिकारीहरुको कर्तव्य तथा जेसीज बैठक सञ्चालन प्रणालीको विषयमा प्रशिक्षण दिनुभएको रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरीले जानकारी दिनुभयो । यसैबीच रामग्राम जेसीज वर्ष २०२० को पहिलो बोर्ड बैठक पनि आजै सम्पन्न भएको छ । बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ भने यही फागुन ८ गतेदेखि जेसीज सप्ताह सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्द्रमणी चौधरीले जानकारी दिनुभयो । उक्त अवसरमा रामग्राम जेसीजका निवर्तमान अध्यक्ष नारायण सुवेदी, पूर्वअध्यक्ष एवं कानूनी सल्लाहकार मुक्तिप्रसाद पौडेल, कार्यसमितिका पदाधिकारी तथा निर्देशकहरुको सहभागिता रहेको थियो ।