Jilla Ban Notis

शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रको १२ औं बार्षिक साधारणसभा सम्पन्न् ।

0 50

कृष्ण ढकाल
बर्दघाट, माघ –२५
नवलपरासीको बर्दघाट –१४ चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रको १२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न् भएको छ । विकास केन्द्रका अध्यक्ष अध्यक्ष निमानन्द न्यौपानेको अध्यक्षता र प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो । सो अवसरमा बोल्दै प्रदेश सांसद अधिकारीले प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग लिनका लागि आफुलागी पर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो भने अहिले सम्म अस्पतालले दिएको सेवा प्रशंनीय रहेको धारण ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा पूर्व सभासद चिनक कुर्मी , बर्दघाट नगरपालिकाकी उप–प्रमुख मायादेवी पौडेल , बर्दघाट नगरपालिका नगर कार्यपालिका प्रवक्ता रविन्द्र बिक्रम हमाल , वडा नम्बर १४का वडाध्यक्ष केशव बहादुर खत्री क्षेत्री ,नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी , संस्थाका संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापा क्षेत्री, सल्लाहकार बृहस्पति अधिकारी लगायतले सो अवसरमा शुभकामना मन्तब्य राख्नु भएको अस्पतालका ब्यवस्थापक टिकाराम लुईटेलले जानकारी दिनुभएको छ  ।

      त्यसैगरी साधारण सभामा संस्थाका अध्यक्ष निमानन्द न्यौपाने , कोषाध्यक्ष टिकाराम भण्डारी लेखा संयोजक नाथुराम क्षेत्रीले प्रस्तुत गर्नु भएको प्रतिबेदन पारित गरिएको छ भने सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजनक समेत पारित गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.