Holi care school

सरावल गाउपालिकाद्धारा एम्बुलेन्स सेवा सुरु ।

27

सरावल,माघ–२३
नवलपरासीको सरावल गाउपालिकाले विहिवार देखि एम्बुलेन्स संचालनमका लागि विषेश कार्यक्रमका विच समुउद्घाटन गरेको छ । गाउपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता र सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा विषेश कार्यक्रमको आयोजनागरी गाउपालिका अध्यक्ष चौधरीले एम्बुलेन्सको समुउद्घाटन गर्नुभएको हो । एम्बुलेन्सको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सरावल गाउपालिकाका नागरीकहरुका लागि कुनैपनि वेला स्वास्थ्य संस्थामा उपचार गर्न जानका लागि सहयोग पुगोस भनेर एम्वुलेन्स सेवा शुरु गरेको बताउनु भएको थियो । उहांले आफ्नो गाऊपालिकाको विकासको लागी कुनै पनि काममा पछि नहट्ने बताउदै सरावल गाउपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखि काम गरेकोे बताउनु भयो ।

     त्यसैगरी कार्यक्रममा बाल्दै सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले सरावल गाउपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछी अब विरामीहरुलाई ओसार पोसार गर्न बाहिरको एम्बुलेन्स कुर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । एम्बुलेन्सको सञ्चालनका लागी उपसमिति गठन गरि यसको आर्थिक पाटोलाई बलियो बनाउदै जाने समेत बताउनु भयो कार्यक्रममा जिल्ला सहकारी संघका जिल्ला कोषाध्यक्ष हैदर अलि मोमिन,  सघिंय समाजबादी पार्टी सरालव गाउ कमिटिका प्रमुख हरिलाल यादव ,सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे,लगाएतले आ आफ्नो धारण राख्नु भएको थियोे । कार्यक्रममा सरालव गाउपालिकाका सबै वडाका वडाध्यक्षहरु, स्थानिय समाजसेवी, बुद्धिजिवी लगाएत स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।सरावल गाउपालिकाले सो एम्बुलेन्स करिब ११ लाखको लागतमा खरिद गरेको जनाएको छ ।