kalika

साविकको अनेरास्ववियू तर्फका विद्यार्थी नेताहरुद्धारा विज्ञप्ती जारी ।

216

कृष्ण ढकाल
बर्दघाट,माघ–२३
अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको एकता संगै अनेरास्ववियू नवलपरासी जिल्लाका विद्यार्थी नेताहरुको नाम सार्वजनिक गरेको १२ घण्टा नहुदै साविकको अनेरास्ववियू तर्फका विद्यार्थी नेताहरुले आफ्नो गम्भीर ध्यानाकषर्ण भएको भन्दै विज्ञप्ती जारीगरेका छन् । यसरी विज्ञप्ती जारी गर्नेमा साविकको अनेरास्ववियूका जिल्ला सह–संयोजक रमेश नेपाली,साविककै अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य प्रकाश पाण्डे,निरज पौडेल,भगवती प्रसाद यादव लगाएत १७ जनाले हस्ताक्षर गरेर संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरीएको छ । विज्ञप्तीमा भनिएको छ । संगठन र पार्टीका कुनै पनि कार्यक्रमहरुमा सक्रियाता पूर्व कामगरेका पुराना अनुभवी तथा क्रियाशिल ब्यक्तिहरु र विद्यार्थीहरुवाट निर्वाचीत स्ववियू सभापतिलाई समेत पाखालगाएर आफ्नो मनोमानी तरीकाले संगठन लैजान लागेको भन्दै तत्काल सचचीएर अघि बढेनका लागि उनीहरुले विज्ञप्ती मार्फत आग्रह गरेका छन् । र यसप्रकारको कार्यलाई तत्काल सच्चाउन भन्दै पार्टी जिल्ला कार्यसमिति र अनेरास्ववियूको केन्द्रीय कमीटीसंग पनि वोदार्थ जानकारी गराएको विज्ञपतीमा उल्लेख गरीएको छ ।