सहबान अन्सारी
प्रतापपुर,माघ–२१
नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं. ८ मा झुन्डिएको अवस्थामा एक शव फेला परेको छ । बद्रिघाट नर्सही सडक खण्ड अन्तर्गत फटकी टोलामा करिब २ सय मिटर दक्षिण तर्फ रुखमा करिब ४५ बर्षिय ब्यक्तिको शव स्थानियहरुले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृत घटनास्थल देखी सय मिटर उत्तरतर्फ सडकको छेउमा गए राति बेवारिशे अवस्थामा लु ४६ प ६१६१ नम्बर भएको मोटरसाईल समेत भेटिएको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनी बर्दघाटका पसले हुन सक्ने अनुाम लगाईएको छ।