Jilla Ban Notis

जनता प्रावि वेशालपुरका विद्यार्थीलाई ट्रयाकसुट वितरण ।

0 29
परासी, १६ माघ 
बडेरा सामुदायिक वन उपभोक्ता समूह सुनवल–१३ नवलपरासीले पाल्हीनन्दन–३ स्थित जनता प्राथमिकत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको छ । स–साना बालबालिकाहरुलाई चिसोबाट बचाउन सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त ट्रयाकसुट वितरण गरेको हो ।  आज वेशालपुरस्थित विद्यालयमा आयोजित एक समारोहमा गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नुभएको थियो । विद्यालयका १२० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको वडा नं ३ का वडाध्यक्ष एवं सामुदायिक वनका सहसचिव गोधन हरिजनले जानकारी दिनुभयो । उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष गुप्ताले विद्यार्थीको आधारभूत सेवासुविधाले नै शिक्षाको गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालय भनेर गुणस्तरमा कमी गर्न नहुनेमा जोड दिनुभयो । उक्त अवसरमा सामुदायिक वनका अध्यक्ष मुन्द्रिका चौधरी , जनप्रतिनिधि, सञ्चारकर्मी लगायतलको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.